Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गण्डकी गाउँपालिकाको गाउँ सभाको ११ औँ अधिवेशन सम्पन्न

गण्डकी गाउँपालिकाको गाउँ सभाको ११ औँ अधिवेशन सम्पन्न

इच्छाकामना न्युज

२५, पौष २०८२
गण्डकी गाउँपालिकाको गाउँ सभाको ११ औँ अधिवेशन सम्पन्न

गोरखा।  गण्डकी गाउँपालिकाको गाउँ सभाको ११ औँ अधिवेशन  सम्पन्न  भएको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को अध्यक्षतामा बिहिबार गाउँसभा सम्पन्न भएको हो ।  
 

images

गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ मा  बजेट संशोधन प्रस्ताव, कर्मचारी संगठन र व्यवस्थापन २०८२, न्यायिक समितिको आर्थिक बर्ष २०८१/०८२ को वार्षिक र २०८२/०८३ को अर्ध बार्षिक  प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८१/०८२ बार्षिक र २०८२/०८३ को अर्धबार्षिक प्रतिवेदन, राजश्व परामर्श समितिको आर्थिक वर्ष २०८१/०८२ बार्षिक र २०८२/०८३ को अर्धबार्षिक राजश्व प्रतिवेदन, २०८२/०८३ को मध्यकालिन खर्च संरचना सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेका छन् ।  

images
प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - ०८:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology