Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बागलुङ र म्याग्दीका जङ्गलबाट २२ थान भरुवा बन्दुक बरामद

बागलुङ र म्याग्दीका जङ्गलबाट २२ थान भरुवा बन्दुक बरामद

images

इच्छाकामना न्युज

२४, पौष २०८२
बागलुङ र म्याग्दीका जङ्गलबाट २२ थान भरुवा बन्दुक बरामद
images

बागलुङ । बागलुङ र म्याग्दीका विभिन्न सामुदायिक वन तथा जङ्गलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका २२ थान भरुवा बन्दुक बरामद गरेको छ। बागलुङको गलकोट नगरपालिका–१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट बुधबार बिहान ८ थान एकनाले भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले ती हतियार बरामद गरेको हो।

त्यसैगरी बागलुङकै तमानखोला गाउँपालिका–२ सिलगुमस्थित सिलगुम सामुदायिक वनबाट पनि ९ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। सोही इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले खोजी गर्ने क्रममा बुधबार दिउँसो ती हतियार फेला पारेको हो।

यता म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट जङ्गलमा लुकाइछिपाई राखिएको अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेको छ। इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ ती हतियार नियन्त्रणमा लिएको हो। 

ठुलो संख्यामा अवैध हतियार जङ्गलमा फेला परेपछि प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।

images
प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - १३:२२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology