Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

images

इच्छाकामना न्युज

२१, पौष २०८२
पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम
images

गण्डकी। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ ।

पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो ।

तालिमका सहभागीलाई नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का प्रमुख रविन कडरिया, काठमाडौँ इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट ९किप० का कार्यकारी सदस्य गोपी श्रेष्ठका साथै पन्छीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा प्रयोगात्मक तालिम दिएका हुन् । 

आइतबार तालिम समापन समारोहमा सहभागीलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन महत्वपूर्ण पक्ष भएको बताउनुुभयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा मात्रै हेर्न आउने बताउँदै त्यस्ता पर्यटकका लागि यस सम्बन्धमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताउनुुभयो ।

नेपाल पन्छीवद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यससम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनु जरुरी भएको बताउनुुभयो । 

images
प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - १०:१४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology