Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मन्त्रीसँग कर्मचारीले घुस मागेपछि…..

मन्त्रीसँग कर्मचारीले घुस मागेपछि…..

images

इच्छाकामना न्युज

२१, पौष २०८२
मन्त्रीसँग कर्मचारीले घुस मागेपछि…..
images

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्। छड्केमा उनले आफ्नो टिममा मन्त्रालयका केही कर्मचारी र केही आफूनिकट व्यक्तिहरूलाई लिने गरेका छन्।

पुस ९ गते उनी डिल्लीबजार मालपोत कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेका बेला मन्त्री इङनामले कार्यालयबाट निस्कने क्रममा त्यहाँ कार्यरत मालपोत प्रमुखलाई बिचौलिया रोक्न तथा काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका थिए।

उनको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार त्यसपछि पनि केही मालपोत कार्यालयमा छड्के गर्न उनी स्वयं गएका छन् भने केही कार्यालयमा सूक्ष्म रूपमा बुझ्न आफ्ना प्रतिनिधिका रूपमा मन्त्रालयका कर्मचारीलाई पठाउने गरेका छन्। मन्त्रीको प्रतिनिधि भएर बुझ्न जाने कर्मचारीहरू पनि सेवाग्रही जस्तै बनेर छड्केमा जाने गरेका छन्।

मन्त्रीको सचिवालयमा कार्यरत ती कर्मचारीका अनुसार छड्के गर्ने क्रममा एक कर्मचारीले मन्त्री इङनामसँग घुस मागेका थिए। ‘त्यसपछि मन्त्रीज्यू गम्भीर हुनु भयो र उपत्यकाका सबै मालपोत कार्यालयमा कार्यालय प्रमुख परिवर्तन गर्न निर्देशन दिनुभयो,’ उनले भने, ‘यसको कार्यान्वयन हुन थालिसकेको छ।’

ती कर्मचारीले मन्त्रीसँग घुस माग्ने कर्मचारी र घुस मागिएको मालपोत कार्यालयको नाम खुलाउन चाहेनन्। ‘मालपोत तथा नापी कार्यालयमा बिचौलियो तथा ग्राहकसँग घुस माग्ने क्रमलाई जरैदेखि उखेल्नुपर्छ भन्ने विषयमा मन्त्रीज्यू निकै सचेत हुनुभएको छ,’ उनले भने, ‘यसका लागि उहाँले ३९ बुँदे एक्सन प्लान ल्याउनुभएको छ। यसको कार्यान्वयन भइसकेको छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मालपोत कार्यालय भक्तपुरका प्रमुख माधव घिमिरे र मालपोत कार्यालय लतिलपुरका प्रमुख अशोक भट्टराईको सरुवा गरेको छ। घिमिरे र भट्टराई दुवैलाई भूमि व्यवस्था मन्त्रालयबाट संघीय मामिला मन्त्रालयमा ल्याइएको छ। त्यो पनि अतिरिक्त समुहमा ल्याएर थन्क्याइएको छ।

सामान्य प्रशासन मन्त्रालयले आइतबार साँझ नै घिमिरे र भट्टराईको सरुवा गरेको सूची आफ्नो वेबसाइटमा राखेको छ। यसपटक सरुवा गर्नेबित्तिकै मन्त्रालयले वेबसाइटमा सूची राखेको हो।

यसअघि वेबसाइटमा सूची राख्न ढिलो गर्ने गरिन्थ्यो। मन्त्रालयले तीन दिन अघि चाबहिल मालपोत कार्यालय प्रमुख दीपेन्द्र खत्रीको पनि सरुवा गरिसकेको छ। त्यस ठाउँमा भोजराज श्रेष्ठलाई पठाइएको छ।

मन्त्रालयनिकट अर्को स्रोतका अनुसार मन्त्री हुनुअघि इङनाम मालपोत कार्यायल भक्तपुर गएको बेला पनि त्यहाँ कार्यरत एक कर्मचारीले इङनामसँग पाँच हजार रुपैयाँ घुस मागेका थिए। त्यतिबेला भक्तपुर मालपोत कार्यालय प्रमुखमा कुमार आचार्य थिए।

आचार्य यतिबेला विशेष अदालतमा मुद्दा परेर निलम्बनमा परेका छन्। मन्त्री इङनामले भेष बदलेर ग्राहकका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्न लागेको खबरले यतिबेला मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरू सचेत भएका छन्।

मन्त्रालययले मालपोत तथा नापी कार्यालयहरूमा हुने अनियमितता रोक्न तथा मालपोत तथा नापीमा सुधार गर्न एउटा सुशासन विज्ञ नियुक्ति गरेको छ। -पत्रपत्रिकाबाट

images
प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - ०९:३२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology