Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

श्रीमतीको हत्या आरोपमा २१ वर्षीय युवक पक्राउ

श्रीमतीको हत्या आरोपमा २१ वर्षीय युवक पक्राउ

इच्छाकामना न्युज

२१, पौष २०८२
श्रीमतीको हत्या आरोपमा २१ वर्षीय युवक पक्राउ
images

काठमाडौं । दाङमा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका– २ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।

images
images

आलेलाई पुस १८ गते राति तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

सुमनले १७ वर्षीय श्रीमती खीमा परियारलाई पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका कारण कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते परियारको नेपालगञ्जमा उपचारक्रममा पुस १८ गते निधन भएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - ०९:२१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology