Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फिस्लिङ स्थित त्रिशुली नदीमा जारी कायाकिङ प्रतियोगिता सम्पन्न, रविन र राजन प्रथम

फिस्लिङ स्थित त्रिशुली नदीमा जारी कायाकिङ प्रतियोगिता सम्पन्न, रविन र राजन प्रथम

इच्छाकामना न्युज

२०, पौष २०८२
फिस्लिङ स्थित त्रिशुली नदीमा जारी कायाकिङ प्रतियोगिता सम्पन्न, रविन र राजन प्रथम
images

फिस्लिङ । त्रिशुली नदिमा साहसिक खेल कायकिङ प्रतियोगिता सम्पन्न भएको छ । हिमालयन रिभर गाइड एसोसिएसन नेपाल हर्गानको आयोजनामा चितवनको इच्छाकामना ३ फिस्लिङस्थित त्रिशुली नदिमा दुई दिने प्रतियोगिता सम्पन्न भएको हो । 

images
images

प्रतियोगितामा फ्रि स्टाइलतर्फ रविन चेपाङ, प्रथम भएका छन् ।  उनले १५ हजार नगद प्राप्त गरेका छन् । अमृत थापा दोश्रो र मोहन राना तेश्रो भएका  छन् ।  उनीहरुले  क्रमशः  नगद १० र ५ हजार प्राप्त गरेका छन् । 

बोर्डर क्रसतर्फ राजन कँडेल प्रथम भएका छन् । त्यसै गरि मोहन राना दोश्रो र लक्ष्मण गुरुङ तेश्रो भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गरेका छन् ।  प्रतियोगिताको जर्जमा अनुप गुरुङ, सुक्र लामा, टपन गुरुङ, भिष्मराज थपलिया, विकास गुरुङ, रमेश गुरुङ र जीवन गुरुङ  रहेका थिए । 

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:४२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology