Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनघाटस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई युवा अझै भेटिएनन्

कुरिनघाटस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई युवा अझै भेटिएनन्

इच्छाकामना न्युज

२०, पौष २०८२
कुरिनघाटस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई युवा अझै भेटिएनन्
images

कुरिनघाट। चितवनको इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा डुबेर बेपत्ता भएका दुई जना युवा अझै भेटिएका छैनन् । इलाका प्रहरी कार्यालय मुग्लिनका सहायक हवल्दार कुमार तामाङका अनुसार शनिबार दिउँसो साढे दुई बजेको समयमा पौडी खेल्ने क्रममा बर्दियाको बिरुवा गाउँपालिका वडा नम्बर २ बस्ने २३ बर्षिय  शंकर थारु र बर्दिया राजापुर नगरपालिका घर भएका अन्दाजी  २२÷२३  बर्षिय सौरभ थारु बेपत्ता भएका हुन् । 

images
images

अहिले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको गोताखोरको टिम र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले नदीमा खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सुपर त्रिशूली हाइड्रो पावरमा काम गर्दै आएका उनिहरु शनिबार दिउँसो नुहाउन भनि कुरिनघाट स्थित त्रिशूली नदीमा पुगेका थिए । तीन जना मध्ये दुई जनालाई भने नदीले बगाएका हुन् । नदीमा डुबेर बेपत्ता भएका शंकर थारुका बाबु जंग बहादुर थारुका अनुसार छोराको दिउँसो छुट्टी रहेको र नुहाउनु भनि नदीतिर गएका थिए । नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सगैँ गएका साथीले खबर गरेपछि थाहा भएको बताउनुभयो ।  

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:३७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology