Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सप्तरीमा ह्याकर समूह सक्रिय

सप्तरीमा ह्याकर समूह सक्रिय

इच्छाकामना न्युज

२०, पौष २०८२
सप्तरीमा ह्याकर समूह सक्रिय
images

विनय कर्ण, कल्याणपुर (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय जिल्लामा ह्याकर समूह सक्रिय रहेको जनाएको छ । पछिल्लो केही समयता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले केही समय यता ह्वाट्सएप ह्याक गरी ठगि गर्ने धन्दा बढेको बताउनुभयो ।

त्यसोत, एक साता अघि सप्तरीका बरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको नामबाट उहाँको मोबाइलमा सेभ रहेका सम्पर्क नम्बरहरुमा ह्वाट्सएप मार्फत “अति जरुरी काम परेकाले तत्काल ५० हजार पठाइदिनु, भोली फिर्ता गरिदिन्छु” भनी म्यासेज आयो ।

झाको नामबाट म्यासेजसँगै इसेवाको क्युआर कोड पनि आयो । त्यो इसेवा आइडी उमेश चौहानको नाम र ९७०५५८०७४४ नम्बरबाट आएको थियो । यद्यपि त्यस नम्बरमा फोन गर्दा सम्पर्क भने हुन सकेन ।

यसैगरी, शनिबार राजविराज नगरपालिकाका पूर्व प्रमुख गोबिन्द सिंहको पनि ह्वाट्एप ह्याक भएको थियो । उहाँको ह्वाट्सएप ह्याक भएपछि आफन्त र इष्टमित्रलाई त्यस्तै प्रकृतिको सन्देश पठाई ५० हजार पठाइदिन भन्दै क्यूआर कोड पठाइएको पाइएको छ ।

ह्याकरले ह्वाट्सएप ह्याक गरेर सिद्धार्थ बैंकको खाता नम्बर ५५१०७७९३६२ नम्बर र नाम प्रवेश गिरीसहितको क्युआर कोड सन्देशमा पठाएर सो रकम माग गरेको पाइएको हो ।

यता प्रहरीले यस्तो ठगी धन्दाबाट झुक्किएर धेरै जना ठगिएका भने कतिपय पीडितले प्रहरीमा उजुर समेत दिएका छन् । उहाँले पीडितहरुलाई ह्याकरले प्रयोग गरेका सन्देशको स्क्रीनसटसहित जिल्ला प्रहरीमा आउन आग्रह गर्नुभएको छ ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology