Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण सुरु

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण सुरु

images

इच्छाकामना न्युज

२०, पौष २०८२
मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण सुरु
images

मुस्ताङ । मुस्ताङ र मनाङमा एकैसाथ दुर्लभ हिउँचितुवाको संख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन् ।

यसअघि एक्याप तथा हिउँचितुवा सम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँ चितुवाको सम्भावित बासस्थान रहेका स्थानमा सीमित संख्यामा क्योमरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए ।

यसकारण मुस्ताङ र मनाङमा कतिको संख्यामा हिउँचितुवा छन् भन्ने यकिन हुन सकिरहेको थिएन ।  यसवर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ र मनाङले हिउँचितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्र्यापिङलगायत काम गरिरहेका छन् ।

हिउँदयाम सर्वेक्षणको उपयुक्त समय भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए । हिउँदयाममा समुन्द्री सतहको करिब चार हजार मिटरको उचाइमा हिउँपर्ने भएकाले घाँसको अभाव हुने भएकाले हिउँचितुवाको आहारा प्रजाति तल झर्छन् । सर्वेक्षणका लागि मुस्ताङका १६१ ग्रीडमध्ये चार पालिकामा १३० वटाभन्दा बढी क्यामेरा ट्रयापिङ गरिने प्रमुख पौडेलको भनाइ छ ।

सर्वेक्षणमा हिउँचितुवाको बासस्थान र आवतजावत गर्ने स्थानको उच्चलेकमा एक्यापका प्राविधिक तथा स्थानीयवासी परिचालन गरिएको उनको भनाइ छ । एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न हिउँचितुवाको बासस्थान रहने क्षेत्रमा ९९ वटाभन्दा बढी क्यामेरा राखिने योजना रहेको जनाएको छ ।

यसैगरी, एक्याप जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्ता आसपासका क्षेत्रमा ट्रयापिङका लागि सात वटा क्यामेरा जडान गरेको छ । यसअघि यहाँको मार्फा, चिमाङ, ठिनी, झोङ र छेङ्गुर लगायतका लेंकमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्योमरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।

प्रमुख गुप्ताका अनुसार मुस्ताङमा हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन र हिउँचितुवाको आहारा प्रजातिको अवस्थासम्बन्धी अध्ययनका लागि क्यामेरा ट्रयापिङ भइरहेको बताए । मनाङमा पनि अगस्टको दोस्रो सातादेखि हिउँचितुवाको सर्वेक्षण सुरु भइसकेको एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार मनाङमा सर्वेक्षणका लागि १२९ वटा क्यामेरा ट्रयापिङ गरिसकेको र हाल राखिएका क्यामेराहरूको अनुमगन तथा निगरानी गर्ने काम भइरहेको छ ।

‘हामीले मनाङका चार पालिकामा हिउँचितुवाको बासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्ने काम सकेका छौँ,  आवश्यक ठाउँमा क्यामेरा थप्ने काम भएको छ’, कार्यालय प्रमुख भुजेल भने, ‘यहाँ हामीले २२ वटा क्यामेरा हिमाली ब्वाँसोका लागि र बाँकी १०७ वटा क्यामेरा हिउँ चितुवा र चितुवाको अध्ययनका लागि छुट्याएका छौँ ।’

मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षणका लागि राखिएका क्यामेरा छ महिनासम्म फिल्डमै रहने जनाइएको छ । त्यसपछि हिउँचितुवाको सर्वेक्षणका लागि राखिएका क्यामेरा निकालेर डेटा सर्वेक्षण सुरु गरिने छ ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:२४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology