फिस्लिङ्ग, १८ पुस । त्रिशुली नदिमा साहसिक खेल कायकिङ प्रतियोगिता सुरु भएको छ । हिमालयन रिभर गाइड एसोसिएसन नेपाल हर्गानको आयोजनामा चितवनको इच्छाकामना ३ फिस्लिङ्गस्थित त्रिशुली नदिमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।

हिजो देखि सुरु प्रतियोगिता आजसम्म चल्ने छ । इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रतियोगितामा बिशिस्ट अतिथी वडा न ३ का वडा अध्यक्ष नर बहादुर नेपाल, अतिथी नाराका अध्यक्ष कमल ठकुरी, नाराको पुर्व अध्यक्ष मीन बहादुर मगर, हर्गानका पुर्व अध्यक्ष मान धोज गुरुङ, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम हर्गानका अध्यक्ष डोल बहादुर गुरुङको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा २ जना बिदेशी खेलाडी सहित ३१ जना सहभागी छन् । पहिलो दिनका खेलहरु हेड टु हेड, फ्री स्टाइल ,बोर्डर क्रस सहित आज सेमिफाइनलका खेलहरु भएका थिए । फाइनल खेल भोली हुनेछ । त्यसै गरी बोर्डर क्रस बिधा तर्फ पहिलो हुने खेलाडिले रु. १५,०००,दोस्रो हुने खेलाडिले रु= १०,००० र तेस्रो हुने खेलाडिले रु= ५,००० प्राप्त गर्ने छन । भने अर्को बिधा फ्री स्टाइल तर्फ प्रथम हुने खेलाडिले रु १५,०००, दोस्रो १०००० र तेस्रो हुने खेलाडिले रु ५००० प्राप्त गर्ने छन । यो दुबै बिधा बाट समग्रमा उत्कृष्ट हुने खेलाडिले कप सहित नगद प्राप्त गर्ने छन ।