Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पश्चिमी वायुको प्रभाव जारी, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव जारी, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

images

इच्छाकामना न्युज

१९, पौष २०८२
पश्चिमी वायुको प्रभाव जारी, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
images

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ।
 
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपात तथा बिहानको समयमा तराईमा देखिन सक्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने जनाएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

images
प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - ०८:५३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology