Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रोनाल्डोसम्मिलित अल–नासरको हार

रोनाल्डोसम्मिलित अल–नासरको हार

images

एजेन्सी

१९, पौष २०८२
रोनाल्डोसम्मिलित अल–नासरको हार
images

एजेन्सी – साउदी प्रो लिगमा अल-अहलीले अल-नासरलाई ३-२ ले पराजित गरेको छ। यो हारसँगै अल- नासरको जारी सिजनको अपराजित यात्रा टुंगिएको छ।

अल-अहलीका इभान टोनीले उत्कृष्ट प्रदर्शनका २ गोल गरे। उनले विजयी गोलका लागि असिस्ट पनि दिए। टोनीले खेलको सातौँ र २०औँ मिनेटभित्र गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।

तर अल-नासरका अब्दुलेलाह अल अम्रीले २ गोल गर्दै खेल बराबरीमा ल्याए। ३१ औँ मिनेटमा पहिलो गोल अल-अहलीका गोलकिपरको गल्तीका कारण सम्भव भयो ।

दोस्रो गोल ४४औँ मिनेटमा कर्नरबाट आएको बलमा हेडमार्फत भयो। पहिलो हाफमा २-२ बराबरी भएको थियो।

खेलको ५५औँ मिनेटमा मेरिह डेमिरालले हेड मार्फत गोल गर्दै अल-अहलीलाई पुनः अग्रता दिलाए । त्यो गोल टोनीको फ्रिकिकबाट आएको क्रसमा सम्भव भयो। त्यहि गोल खेलको निर्णायक बन्यो।

अल-नासरका क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

अन्तिम समयमा दुवै टोलीका समान १ खेलाडीले रातो कार्ड पाए। हारका बाबजुद अल-नासर शीर्ष स्थानमा छ भने अल-अहली चौथो स्थानमा छ।

images
प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - ०८:४६:४६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology