Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या

इच्छाकामना न्युज

१९, पौष २०८२
जाडो र छाला स्वास्थ्य : बेवास्ता गर्दा बढ्न सक्छ समस्या
images

मानव शरीर र बाहिरी वातावरणबीच घनिष्ट सम्बन्ध हुन्छ। बदलिँदो बाहिरी वातावरणको प्रभाव हाम्रो शरीरमा पनि पर्छ। जाडो र गर्मी दुवैले हाम्रो छालामा प्रत्यक्ष रुपमा प्रभाव पार्छ। बढ्दो चिसोले शरीरका अन्य अङ्गहरुमा असर गरेजस्तै छालामा पनि असर गर्छ। 

images
images
जाडोमा छालामा सबैभन्दा बढी देखिने समस्या सुख्खापन हो। योसँगै चायाँ निस्किने, चिलाउने, छालाका अन्य समस्या सोरासिस् एक्जिमा जस्ता समस्याहरु चिसोमा बढ्दै जान्छ। 

चिसोमा छालामा बढी देखिने समस्याहरु 
सोरासिस् 
चिसोका कारण हुने डाबर एलर्जी 
खुट्टा तथा हातका औँलाहरु सुनिन्ने समस्या 
ओठ फुट्ने आदि। 

चिसोमा किन समस्या बढ्छ ?

जाडोमा सुख्खापना कारण विभिन्न समस्याहरु देखा पर्छन्। तातो पानीको बढी प्रयोग, पानी कम पिउनु जस्ता कारणले जाडोमा छालामा समस्या आउने गर्छ। तातो पानी धेरै प्रयोग गरेर लामो समयसम्म नुहाउने, मोस्चराइजको कम प्रयोग जस्ता कारणले पनि जाडोमा छालामा समस्या देखिन्छ। छालामा आवश्यक मात्रामा हाइड्रेसन नपुग्दा छाला सुख्खा हुने, चिलाउने लगायतका समस्याहरु देखिने गर्छ। 

जाडो र गर्मीमा गरिने छालाको स्याहार करिब उस्तै उस्तै हुन्। यद्यपि जाडोमा तातो पानीको प्रयोग बढी हुँदा त्यसले छालामा सुख्खापनाको समस्या ल्याउन सक्छ। त्यसकारण मुख धुँदा वा नुहाउँदा धेरै तातो पानीको सट्टा मनतातो पानीको प्रयोग गर्नका लागि मेरो सुझाव छ। 

त्यस्तै मुख धोइसकेपछि मोस्चराईजर क्रिम वा नरिवल तेल लगाउनुपर्ने हुन्छ। जसले छालालाई आवश्यक पर्ने हाइड्रेसन पु¥याइरहेको हुन्छ। घरमा हिटर तथा एसी बालेर बस्दा ह्युमुटि फायरको प्रयोग गर्नु राम्रो मानिन्छ। जाडो समयमा गर्मीकै खानपान शैली अपनाउन सकिन्छ। यद्यपि पानी भने शरीरलाई आवश्यक मात्रामा पिउनुपर्ने हुन्छ। 

जाडोमा गर्मी जस्तै छालाको प्रकृति अनुसारको क्रिम तथा फेसवासको प्रयोग गर्न सकिन्छ। घाममा बस्दा भने मोस्चराईजर तथा सनब्लक क्रिमको प्रयोग गर्न भने भुल्नु हुँदैन। यसो गरिएन भने छालामा अन्य रोगहरु पनि उत्पन्न हुन सक्छ। 

चिसो र एलर्जी 
सामान्यतया जुनसुकै समस्यालाई पनि एलर्जीको रुपमा लिने परिपाटी हामीमा छ। कुनै क्रिम वा खानेकुरा प्रयोगले एलर्जी भयो भन्ने गरेको हामीले सुन्ने गरेका छौँ। प्रमुख रुपमा अल्टीकेरिया वा डाबर एलर्जीको बारेमा हामी कुराकानी गर्छौ। यसको धेरै कारण हुन सक्छ। चिसोका कारणले जिउमा डाबर आउने तथा दिउँसो घाममा भने निको हुने समस्यालाई कोल्ड अल्टीकेरिया भन्ने गरिन्छ। 

एलर्जीको समस्या जुनसुकै उमेरका मानिसहरुमा पनि हुन सक्छ। कतिपय अवस्थामा हाम्रै वरिपरिका वस्तुहरुले पनि हामीलाई एलर्जी हुने गर्छ। एलर्जी खानेकुराले मात्रै नभई वातावरणमा रहेको बोट विरुवा तथा ढुसीका कारणले पनि एलर्जी हुनसक्छ। 

जाडोमा छालाको समस्याबाट कसरी बच्ने ?
नुहाउन वा मुख सफा गर्न धेरै तातो पानीको प्रयोग नगर्ने 
तातो पानीको प्रयोग गर्दाे कम समयमा नुहाउने 
हाइड्रेसनका लागि मोस्चराईजर तथा तेलको प्रयोग गर्ने 
घरमा हिटर तथा एसीको प्रयोगमा ह्युमिटी फायरको प्रयोग गर्ने 
ओठ फुट्न नदिनका लागि लिप बामको प्रयोग गर्ने 
प्रशस्त मात्रामा पानी पिउने 
ग्लिसिरिनको प्रयोग गर्ने

जाडोमा चिसो हावाका कारण पनि छाला फुट्ने, सुख्खा हुने जस्ता समस्या देखिन सक्छ। राती सुत्ने बेलामा होस् या दिउँसो पनि ग्लिसिरिनको प्रयोग तथा नरिवलको तेलको प्रयोग गर्न सकिन्छ। दिनमा एक पटक मात्रै मोस्चराईजरको प्रयोग गर्नु छालाका लागि उपयुक्त मानिदैन। 

कम्तीमा पनि दिनमा दुई पटक मोस्चराईजरको प्रयोग गर्नुपर्ने हुन्छ। हात धोइरहने बानी भएकाहरुले हात धोइसकेपछि मोस्चराईजरको प्रयोग गर्नुपर्ने हुन्छ।

(छाला तथा यौन रोग विशेषज्ञ डा प्रगति थापा ह्याम्स अस्पतालमा कार्यरत छिन्) स्वास्थ्य खबर पत्रिकाबाट

images
प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - ०८:३१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology