Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मापसे चेकजाँचमा भारतीय गाडीले प्रहरीलाई ठक्कर दियो, गाडी फरार, प्रहरी गम्भीर घाइते

मापसे चेकजाँचमा भारतीय गाडीले प्रहरीलाई ठक्कर दियो, गाडी फरार, प्रहरी गम्भीर घाइते

images

इच्छाकामना न्युज

१८, पौष २०८२
मापसे चेकजाँचमा भारतीय गाडीले प्रहरीलाई ठक्कर दियो, गाडी फरार, प्रहरी गम्भीर घाइते
images

हेटौंडा । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाइरहेका एक भारतीय नागरिक डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका छन्। हेटौंडा उपमहानगरपालिकास्थित राप्ती पुल नजिक ट्राफिक प्रहरी कार्यालय अगाडि भइरहेको नियमित चेकजाँचका क्रममा यो घटना भएको हो।

ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी हुइक्याएर प्रहरीलाई ठक्कर दिएका थिए।

प्रत्यक्षदर्शीका अनुसार ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर परसम्म घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै कारसहित फरार भएका चालकको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले भारतीय नम्बर प्लेटको उक्त कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा निगरानी बढाएको छ।

प्रहरीले डिउटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई गम्भीर अपराधको रूपमा लिँदै दोषीलाई पक्राउ गरी कडा कारबाही गरिने चेतावनी दिएको छ। घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

images
प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - ११:०१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology