Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ल्होछारको पूर्वसन्ध्यामा तमु धिं गर्‍यो औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

ल्होछारको पूर्वसन्ध्यामा तमु धिं गर्‍यो औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

इच्छाकामना न्युज

११, पौष २०८२
ल्होछारको पूर्वसन्ध्यामा तमु धिं गर्‍यो औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग
images
पोखरा ।तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ।
 
तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो।
 
औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी डिलुमाया गुरुङ रहेकाछन् ।
605634970_26801142509475877_4903876698173034578_n.jpg
 
तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखरा १, बगर, पुरानो टुँडिखेलमा बिगमार्ट तमु ल्होछार महोत्सव आयोजना गरी उमंगका साथ ल्होछार मनाइरहदा आर्थिक अभावले औषधोपचारमा समस्यामा परेका विरामीहरुलाई उपचारका लागि सहजता होस भनि सहयोग हस्तान्तरण गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। ल्होछार महोत्सवकै अवसरमा तमु धिं नेपालले शनिवार पुरानो टुंडिखेल सरसफाई, पुस १३ गते बिहान तमु ह्युल चोक सरसफाई, बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ ।
यसरी नै पुस १४ गते शुभकामनासहित बृहत झाँकी र्याली नदिपुर बालमन्दिरचोकबाट भैरवटोल, बिन्दबासिनी, बागबजार हुदै पुरानो टुँडिखेलमा पुगी महोत्सव उद्घाटन समारोहमा परिणत हुने तमु धिं नेपालले जनाएको छ।

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - २०:०४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology