Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मेरुदण्ड भाच्चिएका इच्छाकामनाका युवाको उपचारका लागि आर्थिक सहयोग प्रदान

मेरुदण्ड भाच्चिएका इच्छाकामनाका युवाको उपचारका लागि आर्थिक सहयोग प्रदान

इच्छाकामना न्युज

११, पौष २०८२
मेरुदण्ड भाच्चिएका इच्छाकामनाका युवाको उपचारका लागि आर्थिक सहयोग प्रदान
images

जलविरे । दुर्घटनामा परि मेरुदण्ड भाचिएर उपचारत चितवनको इच्छाकामना गाउँपालिका ६ पैरेनीका २० वर्षीय युवा बिरबल चेपाङको उपचारका लागि आर्थिक अभाव भएपछि आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक रुपले विपन्न परिवारका चेपाङको केहि दिन अघि मोटरसाईकल दुर्घटनामा परि मेरुदण्ड भाचिएको थियो । हाल भरतपुर अस्पतालमा उपचार गराईरहेका उनको उपचार खर्चका लागि आर्थिक अभाव भएपछि इच्छाकामना ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको सक्रियतामा विभिन्न व्यक्तिहरुसँग आर्थिक सहयोग संकलन गरिएको थियो ।

images
images

602328386_1932214877719997_6820203791166317049_n.jpg

सोही संकलित रकम आज बिरामीको परिवारलाई हस्तान्तरण गरिएको वडाध्यक्ष लक्ष्मण चेपाङले बताए । उनका अनुसार पहिलो चरणमा विभिन्न व्यक्तिहरुबाट संकलित ६० हजार ३ सय २६ रुपैयाँ रकम बिरामीका बाबु राजकुमार चेपाङलाई हस्तान्तरण गरिएको हो । ‘दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आईरहेको चेपाङ परिवारमा ठुलो संकट आईपरेको छ, लाखौ रकम उपचारमा लाग्ने भएकोले मैले केहि रकम संकलन गरी सहयोग गरेको हु’ –उनले भने ‘मनकारी महानुभावहरुलाई सकेको सहयोग गरिदिन पनि म अनुरोध गर्दछु ।’

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - १९:५५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology