Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

images

इच्छाकामना न्युज

११, पौष २०८२
पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा
images

साहारा लिम्बू, फुङलिङ। पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बुधबारबाट २१ दिने सूचना जारी गर्दै एक सय ७८ तोला ८२ लाल सुन बिक्री गर्न लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपियाँ लिलामी मूल्य तोकिएको छ ।

यस्तै, पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी पनि बिक्री गरिने भएको छ । चाँदीको मूल्य भने न्यूनतम प्रतितोला चार हजार दुई सय ५५ रुपियाँ तोकिएको हाङ्बाङको भनाइ छ । यस अघि पनि क्षेत्र विकास समितिले पटकपटक सुन तथा चाँदीको लिलामका लागि सूचना जारी गरेको थियो ।

तर अहिलेसम्म उक्त सुन चाँदी बिक्री हुन सकेको छैन । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी समितिले सङ्कलन गरी फुङ्लिङमा ल्याएर सरसफाइ गरी रिफाइन गर्ने गरेको छ ।

उक्त सुन तथा चाँदी खरिद गर्न इच्छुकले आगामी पुस २९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - ०८:०८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology