Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आजदेखि पर्यटन बोर्डमा पत्रकार नबिनबाबु गुरुङको एकल फोटो प्रदर्शनी हुदै

आजदेखि पर्यटन बोर्डमा पत्रकार नबिनबाबु गुरुङको एकल फोटो प्रदर्शनी हुदै

images

इच्छाकामना न्युज

११, पौष २०८२
आजदेखि पर्यटन बोर्डमा पत्रकार नबिनबाबु गुरुङको एकल फोटो प्रदर्शनी हुदै
images

काठमाडौं । नेपाल पर्यटन बोर्डमा आजदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी आयोजना हुँदैछ । फोटो पत्रकार नवीन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालका विभिन्न भू-भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ-बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिनेछन् ।

नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरूको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङले बताए । ‘प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ-ठाउँका फोटोहरू ड्रोनमार्फत कैद गरिएको छ । चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको हो ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले यो प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ । यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - ०८:०१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology