Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रेमिकालाई जापान पठाएको ऋण तिर्न दुईजनासँग लिए सापटी, रकम पचाउन योजना बनाएर गरे हत्या

प्रेमिकालाई जापान पठाएको ऋण तिर्न दुईजनासँग लिए सापटी, रकम पचाउन योजना बनाएर गरे हत्या

प्रेमिकालाई जापान पठाएको ऋण तिर्न दुईजनासँग लिए सापटी, रकम पचाउन योजना बनाएर गरे हत्या
images

काठमाडौं । प्रेमिकालाई जापान पठाउँदा लागेको ऋण तिर्न दुईजनासँग लिएको सापटी लिएका थिए । उक्त सापाटी रकम पचाउनका लागि सिन्धुलीका देवराज ढुंगेलले उनीहरूको हत्याको योजना बनाए ।

images
images

सिन्धुलीको सुनकोशी गाउँपालिका४ का २१ वर्षीय देवराज ढुंगेलले सुनकोशीकै २० वर्षीय सहपाठी जयराम अधिकारीलाई ललितपुर बोलाए । दुई जना मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका८ स्थित ज्यामिरकोट जंगलमा सिन्धुलीकै गोलन्जोरका केशवराज हायु र भोजपुर घर भएका पारुहाङ राईको हत्या गरे ।

प्रहरी अनुसन्धानअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका८ स्थित ज्यामिरकोट जंगलमा मंसिर २४ गते हायुलाई र २५ गते राईको हत्या भएको थियो ।

हत्या आरोपी ढुंगेलले हायुबाट १२ लाख र राईबाट ५ लाख रुपैयाँ सापटी लिएका थिए । प्रेमिकालाई जापान पठाउँदा लिएको ऋण चुक्ता गर्न सापटी लिएको उक्त रकम नतिर्ने नियतले उनले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

योजना सफल बनाउन र कानुनी कारबाहीबाट बच्न उनले परिवार र गाउँमा आफू अमेरिका गएको बताएका थिए । २०८१ असोजमा ढुंगेलले आफू अमेरिकातर्फ लागेको भन्दै विमानस्थलको फोटो फेसबुकमा पोस्ट गरेका थिए ।

त्यसपछि उनले परिवारका सदस्यहरूसँग मोबाइल नम्बरबाट कुरा गरेनन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटी भन्छन्, ‘परिवारसँग सामाजिक सञ्जालमार्फत मात्र कुरा गर्दा रहेछन् ।’

प्रहरी अधिकृतहरूलाई पनि उनले गत वर्ष असोजमा अमेरिका गएर मंसिरमा फर्केको दाबी गरेका छन् । तर अनुसन्धानमा संलग्न अधिकृतहरूले उनले ढाँटेको बताएका छन् । परिवार र गाउँमा अमेरिकामा छु भनेका ढुंगेल ललितपुर र काठमाडौँमा पुरेत्याइँ गरेर हिँड्थे । एसएसपी बोगटी भन्छन्, ‘हत्यामा संलग्न आरोपीले पण्डित्याइँ पेसा गरेर जीविकोपार्जन गरेको देखिन्छ ।’

महालक्ष्मी नगरपालिका८ स्थित केशवराज हायुले सञ्चालन गरेको फार्म हाउससँगै भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राईले पनि फार्म हाउस सञ्चालन गरेका थिए । ढुंगेल पनि महालक्ष्मी स्थानको लुभुमा डेरामा बस्थे । केशवराजकी बहिनीसँग प्रेम सम्बन्धमा रहेका ढुंगेलले फार्म हाउसमा राईलाई चिनेका हुन् ।

ढुंगेलले हायुसँग १२ लाख र राईसँग ५ लाख सापटी लिएका थिए । २५ वर्षीय केशवराजले फार्म हाउस बेचेको रकम ढुंगेललाई दिएका हुन् । उनले बुल्गेरिया जाने योजना बनाएर ढुंगेलसँग रकम फिर्ता मागे । तर रकम फिर्ता दिनुको सट्टा ढुंगेलले योजना बनाई दुवैको हत्या गरेको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी वेद पौडेलले बताए ।

केशवराजलाई मंसिर २४ गते हत्या गरेपछि ढुंगेल र अधिकारीले भोलिपल्ट राईलाई मार्ने वा नमार्ने भन्नेबारे सल्लाह गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘भोलिपल्ट नै हत्या गर्ने सल्लाह भएपछि मंसिर २५ मा हायुको हत्या गरेको ठाउँभन्दा केही मिटर पर जंगलमा राईको हत्या गरेको देखिन्छ ।’

पारुहाङको हत्या गरेपछि उनको मोबाइलमा नयाँ फेसबुक आइडी बनाएर आरोपीहरूले उनकी दिदीलाई म्यासेज पठाए, ‘दिदी, म भारत आएको छु । मलाई सञ्चै छ, एक वर्षपछि आउँछु । मलाई नखोज्नु, मेरो चिन्ता नगर्नु !’  

images
प्रकाशित मिति :पौष ८, २०८२ मंगलवार - ०७:४३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology