Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री बन्द हुँदै

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री बन्द हुँदै

images
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री बन्द हुँदै
images

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस ३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

यसमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबरको १ करोड रुपैयाँको १ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

आवेदन दिन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त भएको हुनुपर्ने व्यवस्था छ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत १ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको विवरण कम्पनीले सार्वजनिक गरेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधि अझै ३० वर्ष बाँकी रहेको छ।

कम्पनीले २०८१ साल वैशाख ६ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको देखिन्छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०९:३७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology