Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मिलिजुली तमू समाज काठमाण्डौद्वारा इच्छाकामनाको सानोभोर्लेमा न्यानो कपडा र पौष्टिक आहार वितरण

मिलिजुली तमू समाज काठमाण्डौद्वारा इच्छाकामनाको सानोभोर्लेमा न्यानो कपडा र पौष्टिक आहार वितरण

मिलिजुली तमू समाज काठमाण्डौद्वारा इच्छाकामनाको सानोभोर्लेमा न्यानो कपडा र पौष्टिक आहार वितरण
images

सानोभोर्ले । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा मिलिजुली तमू समाज काठमाण्डौले न्यानो कपडा र पौष्टिक आहार वितरण गरेको छ । समाजले न्यानो ल्होसार अभियान अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ सानो भोर्लेमा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत ३० विद्यार्थी र  ४३ घर परिवार विपन्न समुदायलाई न्यानो कपडा र पौष्टिक आहार वितरण गरेको हो ।

images
images

e446b3e1-f78a-4c4c-83b6-1f6612b11d4e.jpeg

आईतबार गाउँमै पुगेर वितरण गरिएको सामाग्रीहरुमा हरेक विद्यार्थीलाई न्यानो कपडा अन्तर्गत ट्रयाकसुट सेट, स्विटर, टिसर्ट, चप्पल, टोपी र झोला रहेको थियो भने विपन्न परिवारलाई परिवार संख्या अनुसार न्यानो कपडामा ओढ्ने ब्लाङ्केट, स्विटर, ज्याकेट, लुङ्गी, तन्ना, टोपी रहेको थियो । यस्तै पौष्टिक आहार अन्तर्गत हरेक परिवारलाई एक क्रेट अण्डा, चाउचाउ, बिस्कुट समेत वितरण गरिएको थियो ।

4bc9f1d2-81cb-4db9-bf79-e350be53ed88.jpeg

मिलिजुली तमू समाज काठमाण्डौको आयोजना भएको उक्त कार्यक्रममा फेदिखोला तमू समाज युके, चारभञ्ज्याङ्ग तमू समाज, सुखावती स्टोर फाउण्डेशन, ङोलोङोलोस्यो टिकटक परिवार, तमू बौद्ध सेवा समिति नेपाल सह–आयोजक रहने गरेको छ । 

d071c4f0-7c08-4816-a677-16c0bc7fc860.jpeg

यस्तै कार्यक्रममा मिलिजुली तमू समाज काठमाण्डौका अध्यक्ष कमलकृष्ण गुरुङ, उपाध्यक्षद्वय राजु गुरुङ र शेरजंग गुरुङ, महासचिव लाला गुरुङ, तमू बौद्ध सेवा समिति नेपाल काठमाण्डौका पूर्वअध्यक्ष क्याप्टेन तोरण बहादुर गुरुङ, रुप बहादुर गुरुङ, समाजसेवी निरज शाक्य लगायतको उपस्थिति रहेको थियो । 

ba8162e5-b5c4-4279-8d44-218eed3a57ca.jpegeac49966-81fe-44a9-8430-dd60016a3af4.jpeg16608ab0-4e1d-48c1-8f37-1c42a5424526.jpeg

images
प्रकाशित मिति :पौष ६, २०८२ आइतवार - २२:५८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology