Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

एमालेका नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

एमालेका नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

images
एमालेका नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा
images

काठमाण्डौ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा दिएका छन्। नेता अधिकारीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् पचास वर्ष लामो राजनीतिक जीवनबाट बिदा दिएको जानकारी दिएका हुन्।

उनले लेखेका छन् ‘जति दिन काम गरेँ पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थरूपमा गरेँ,’ सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी दिन उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ। जसरी पनि जिम्मा पूरागर्ने मेरो कार्यशैली रह्यो। एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइनँ। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तबिक झोले कार्यकर्ता थिएँ।’

उनले कहिल्यै पनि आफूले पद र अवसरका लागि मरिहत्ते नगरेको पनि बताएका छन्।

‘सपना असल कम्युनिष्ट बन्ने थियो। तर सबै मानकहरू पूरागर्न सकिनँ। अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु,’ अधिकारीले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा भएकोछु।’

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०८:५६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology