Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

फिल्डमा खटिए बाघ गणक

फिल्डमा खटिए बाघ गणक

images
फिल्डमा खटिए बाघ गणक
images

चितवन। सौराहामा बाघ गणनासम्बन्धी दुईदिने तालिम लिएपछि १५० जना गणक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम खण्डमा खटिएका छन् । मङ्गलबार र बुधबार तालिम लिएका गणक तथा प्राविधिकको टोलीले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको १३ स्थानबाट एकै पटक गणना सुरु गरेको हो । 

आवश्यक उपकरणसहित सबै जना एकै पटक गणनाको कार्यमा लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिनुभयो । निकुञ्जका अनुसार पश्चिम क्षेत्रको त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरन्डाभार क्षेत्रमा गणकले काम गर्ने छन् । पहिलो भाग अन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिने तयारी रहेको प्रमुख पन्तले बताउनुभयो । 

निकुञ्जको पश्चिम, मध्य, पूर्व, दक्षिण, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वनलगायतका क्षेत्रमा गणना गर्न ग्रिड निर्माण गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखिने तयारी छ । विभिन्न स्थानमा ग्रिड निर्माण गरी क्यामरा राख्ने र त्यसपछि अन्यत्र सार्दै लैजाने गरिएको उहाँले बताउनुभयो । 

एउटा क्षेत्रमा दुई साता क्यामरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । दुई वर्गकिलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । 

टोलीले बाघ पाइने प्रमुख स्थान बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गर्ने छ । तीन महिनाभित्र गणना सक्ने तयारी भएको उहाँले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएको सूचना अधिकारी थापामगरले बताउनुभयो । 

गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामरा राखिने छ । ती क्यामराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या निर्धारण गरिने सूचना अधिकारी थापामगरले बताउनुभयो ।

सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको पाइएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दियामा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।   

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०८:५५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology