Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा अजिरकोट स्थित क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम

गोरखा अजिरकोट स्थित क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम

गोरखा अजिरकोट स्थित क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम
images

गोरखा । अजिरकोट गाउँपालिका वडा नं–१ स्थित क्हेचो (घ्याच्चोक) गाउँमा पाँचदिने ‘अतिथि सत्कार, घरवास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरू भएको छ ।

images
images

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा टानले अजिरकोट गाउँपालिकासँगको समन्वयमा दिगो पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने लक्ष्यसहित पाँचदिने तालिम सञ्चालन गरेको हो ।

क्हेचो गाउँ भौगोलिक दृष्टिसँगै कृषि र पशुपालन क्षेत्रमा राम्रो सम्भावना बोकेको हुँदा प्रकृतिले दिएको उपहारमा थोरै मलजल गर्ने प्रयास गरिएको अजिरकोट गाउँपालिकाका पर्यटनदूत एवम् टानका निवर्तमान उपाध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए ।

‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’मा पर्ने मनासलु पदमार्गको वैकल्पिक गन्तव्य भएको क्हेचो गाउँलाई पनि पर्यटन प्रवद्र्धन गराउँदै ग्रामीण पर्यटन विकास गर्ने योजनाअनुसार कार्यक्रम गरिएको उनले बताए ।

‘आयआर्जनका लागि ग्रामीण पर्यटन मुख्य स्रोत हुन सक्छ’, उनले भने, ‘अबको दिनमा पर्यटन प्रवद्र्धन गर्न मिल्ने स्थानमा आयआर्जनको मुख्य स्रोतको रुपमा हामीले ग्रामीण पर्यटनलाई अगाडि बढाउनुपर्छ ।’ त्यतिमात्र नभई ग्रामीण क्षेत्रमा हुने स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु सामग्रीको प्रदर्शन र बजारीकरणका लागि पनि तालिम आवश्यक परेको उनको भनाइ छ ।

मङ्गलबार उद्घाटन गरिएको तालिममा टानका केन्द्रीय सदस्य एवम् तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरूङ, अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा नं–१ का अध्यक्ष मनोज गुरूङ, टानकी केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजना संयोजक युवराज लामालगायत उपस्थित थिए ।

तालिममा अजिरकोट गाउँपालिकाका पाँचवटै वडाबाट प्रतिनिधिका रुपमा सहभागी २५ जनालाई अजित आचार्यले प्रशिक्षण दिनेछन् ।

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - ०९:५३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology