शेरबास । कालिका नगरपालिका वडा नं–९, शेरबासस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते चालकको मृत्यु भएको छ ।
उपरदाङगढीबाट शेरबासतर्फ आउँदै गरेको ना ३४ प ४६१७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक इच्छाकामना–७ बस्ने २४ वर्षीय साजन चेपाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी चौकी जुटपानीको प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर घाइते अवस्थामा युवकलाई भरतपुर अस्पतालमा ल्याइएको थियो । उपचारमा निजका जेठान रमेश मगर र आमा संलग्न थिए । शनिबार ९ः२४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।