Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सत्यवती महायज्ञमा साढे तीन करोड सङ्कलन

सत्यवती महायज्ञमा साढे तीन करोड सङ्कलन

इच्छाकामना न्युज

२६, मंसिर २०८२
सत्यवती महायज्ञमा साढे तीन करोड सङ्कलन
images

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी) ।
 गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा तीन करोड ५८ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ का काशीराम भण्डारीले १० लाख एक हजार १११ रुपियाँ व्यक्तिगत रुपमा सहयोग गर्नुभएको छ ।

images
images

हाल युकेमा रहनु भएका भण्डारीले छुट्टै परदेशमा २५ लाख उठाएर पनि महायज्ञ मार्फत क्याम्पसलाई सहयोग गर्नुभएको छ । सत्यवती गाउँपालिका–५ कै स्वर्गीय पदमपाणी ज्ञवालीको परिवारबाट १० लाख एक हजार आठ रुपियाँ, सत्यवती गाउँपालिका–८ का लेफ्टिनेण्ट कुल बहादुर बुढाथोकीले १० लाख रुपियाँ प्रदान गर्नुभएको क्याम्पस प्रमुख विकास ढकालले जानकारी दिनुभयो ।

महायज्ञमा ७५० बढी मुरी धान सङ्कलन भएको छ । क्याम्पसको शैक्षिक विकासका लागि आर्थिक सहयोग उठाउने उदेश्यले मङ्सिर १८ देखि २५ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन भएको थियो ।

२०७० मा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यावस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । यो क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना भएको थियो । यो बिद्यालयमो छुट्टै कोष छैन । त्रिभुवन विश्व विद्यालयको अनुदानले मात्र व्यावस्थापनमा समस्या भएका महायज्ञ सञ्चालन गरिएको क्याम्पस प्रमुख विकास ढकालले बताउनुभयो ।

उहाँले महायज्ञको खर्च कटाएर बचत रकमको व्याजबाट क्याम्पसको स्थायित्व दिन व्यावस्थापनमा खर्च गरिने ढकालले बताउनुभयो । क्याम्पसमा हाल ९२ जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञमा अन्नदान र नगद रकम सहयोग दुवै भएकाले अझै रकम बढ्न सक्ने क्याम्पसले जनाएको छ । निकट समयमा शिक्षा सङ्कायको सञ्चालन गर्ने, थप सूचना तथा सञ्चार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न र आवासीय छात्रावासको व्यवस्था गर्न क्याम्पस लागि रहेको छ ।

क्याम्पसमा आधुनिक पुस्तकालय छ जहाँ विद्यार्थीले कुनै पुस्तक किन्न र अतिरिक्त कक्षाका लागि शुल्क बुझाउन नपर्ने पर्दैन । महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, विविध मन्त्रजप, शतचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनामादि र पाठ–पारायणहरु हुनुका साथै भजनकीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन भएका थिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - १०:४६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology