न्यू चन्डिगढमा भारत र दक्षिण अफ्रिका बीच जारी टी–२० क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हराएको छ । क्विन्टन डी ककले मात्र ४६ बलमा ९० रन बनाए । उनले आफ्नो पारीमा ७ छक्का र पाँच चौका प्रहार गरे ।
यस्तै डोनोभन फरेराले १६ बलमा ३० रन र डेभिड मिलरले १२ बलमा २० रन बनाउँदा २० ओभरमा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा २१३ रन बनायो ।