Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना : २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना : २२ यात्रु घाइते

इच्छाकामना न्युज

२५, मंसिर २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना : २२ यात्रु घाइते
images

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो ।

images
images

सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३८ जना सवार थिए ।

बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - ०८:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology