Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विदेश पठाउने भन्दै साढे १४ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाउने भन्दै साढे १४ लाख ठगी गर्ने दुई जना पक्राउ

इच्छाकामना न्युज

२४, मंसिर २०८२
विदेश पठाउने भन्दै साढे १४ लाख ठगी गर्ने दुई जना पक्राउ
images

काठमाडौं।प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “श्रेष्ठले रोमानिया पठाउने भन्दै १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै चार लाख, ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।”

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए।

images
प्रकाशित मिति :मंसिर २४, २०८२ बुधवार - १०:००:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology