Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गण्डकीको सिउरेनीटार–ज्यामिरेघाट खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरु गर्ने

गण्डकीको सिउरेनीटार–ज्यामिरेघाट खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरु गर्ने

इच्छाकामना न्युज

२३, मंसिर २०८२
गण्डकीको सिउरेनीटार–ज्यामिरेघाट खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरु गर्ने

गोरखा । जिल्लाको महत्वपूर्ण सडक खण्ड त्रिशुली, मर्स्याङ्दी र दरौँदी करिडोर अन्तर्गत पर्ने सिउरेनीटार–ज्यामिरेघाट खण्डमा यसै हप्ताबाट कालोपत्रे सुरु गर्ने सहमति भएको छ।

images

जिल्ला प्रशासन कार्यालय गोरखामा मंगलवार भएको गण्डकी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी, पूर्वाधार कार्यालयका प्रमुख तथा इन्जिनियर र सञ्चारकर्मीहरूको रोहवरमा बसेको बैठकले सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए।

कूल लागत अनुमान ४३ करोड ६७ लाख रहेको सिउरेनीटार- घ्याल्चोकटार- फिसलिङ- बुटार- राइनास- करनटार-नामजुङटार- रबरउद्योग सडक आयोजना अन्तर्गतको सिउरेनीटार ज्यामिरेघाट सम्मको १० किलोमिटर सडक खण्ड अस्फाल्ट कालोपत्रेका लागि सिद्धान्त कुशेश्वर सि.एल.जेभि काठमाण्डौले २०८१।०३।१६ गते सम्झौता गरी केही काम गरेर कालोपत्रे गर्ने काममा ढिलासुस्ती गर्दै आएको थियो । कम्पनीले २७ करोड ९७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

२०८३ असोज १० गतेसम्म सक्नुपर्ने उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत र वित्तिय प्रगति ४० प्रतिशत रहेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । निर्माण व्यवसायीका प्रतिनिधि लाल बहादुर घिसिङ र पञ्चलाल तामाङले यसअघि केही वित्तीय समस्याका कारण निर्माण प्रक्रिया अघि बढाउन समस्या भएको बताए। उनीहरूले अबका दिनमा कुनै पनि समस्या नआउने गरी द्रुत गतिमा काम गर्ने र वर्षात् हुनुअघि निर्माणका काम सक्ने प्रतिबद्धता व्यक्त गरे।

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले योजना सुरु गरे लगतै अनुगमन गर्ने बताए । उनले जिल्लाको विकास निर्माणमा ढिलासुस्ती नहुने गरी सहजीकरण भइरहेको बताउँदै निर्माण व्यवसायीहरूले सोहीअनुसार सम्झौता मिति सकिनु अगावै कार्य सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए।

बैठकमा गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहित गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, जिल्ला समन्वय समिति गोरखाका प्रवक्ता शिव रेग्मी, वडा नम्बर ८ का वडा अध्यक्ष कोकिल पुलामी मगर, वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सरोकारवाला पक्षको बैठकमा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, जिल्ला समन्वय समिति गोरखाका प्रवक्ता शिव रेग्मी, वडा नम्बर ८ का वडा अध्यक्ष कोकिल पुलामी मगर, वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - ११:२२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology