Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालोपत्रे गर्ने कार्यमा ढिलाई गरेपछि सगरमाथा युवा क्लव फिस्लिङद्वारा सडक आयोजनालाई एक हप्ते अल्टिमेटम

कालोपत्रे गर्ने कार्यमा ढिलाई गरेपछि सगरमाथा युवा क्लव फिस्लिङद्वारा सडक आयोजनालाई एक हप्ते अल्टिमेटम

इच्छाकामना न्युज

२२, मंसिर २०८२
कालोपत्रे गर्ने कार्यमा ढिलाई गरेपछि सगरमाथा युवा क्लव फिस्लिङद्वारा सडक आयोजनालाई एक हप्ते अल्टिमेटम
images

फिस्लिङ। हाल स्तरोन्नति भइरहेको मुग्लिन–मलेखु सडक कालोपत्र गर्ने कार्यमा ढिला सुस्ती हुदाँ बजार क्षेत्रमा धुलो, धुवाँको असर अत्यधिक परेकाले काम छिटो सुचारु गर्न सडक क्षेत्रका स्थानीयहरुले आग्रह गरेका छन् । सगरमाथा युवा क्लब इच्छाकामना ३ फिस्लिङ्गले जति सक्दो छिटो सडक कालोपत्रको काम सुचारु गर्न आग्रह गरेका हुन् ।  
यहाँ सडक कालोपत्र नहुदाँ अत्याधिक धूलो धुवाँले मानव स्वास्थ्यमा असर पर्न गई जनजिवन प्रभावित बनेको क्लवले जनाएको छ । 

images
images

क्लवका सचिव लक्ष्मण श्रेष्ठका अनुसार फिस्लिङ्ग बजार क्षेत्रमा सडक कालोपत्रको काम हुनुपर्नेमा विद्युतको पोल नहटाएका कारण नालीको काम गर्न नपाउँदा काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । आयोजनाले सडकको काम एक हप्ताभित्र सुचारु गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो । एकहप्ताभित्र काम नभए यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही सडक आयोजना हुने क्लवको चेतावनी छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - १७:१०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology