Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

images

रासस

२१, मंसिर २०८२
खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था
images

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । 

शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । 

नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान  गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो ।

जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि कक्षा ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि कक्षा ५ सम्म) गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । अब भत्ताबापत पालिकाको व्ययभार एक आर्थिक वर्षमा रु एक करोड ७३ लाख थपिने छ । 

बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन् । माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिक तहमा १६० जना छन् । 

images
प्रकाशित मिति :मंसिर २१, २०८२ आइतवार - १०:२२:५५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology