Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप २०२६ को ड्र सार्वजनिक, फ्रान्स कठिन समूहमा

विश्वकप २०२६ को ड्र सार्वजनिक, फ्रान्स कठिन समूहमा

इच्छाकामना न्युज

२०, मंसिर २०८२
विश्वकप २०२६ को ड्र सार्वजनिक, फ्रान्स कठिन समूहमा
images

काठमाडौँ। अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि ड्र सार्वजनिक गरिएको छ। अमेरिकाको वासिङटनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा फिफाले समूह ड्र घोषणा गरेको हो।

images
images

पहिलोपटक ४८ राष्ट्र सहभागी हुने विश्वकपमा हालसम्म ४२ टोलीको सहभागिता सुनिश्चित भइसकेको छ भने बाँकी ६ स्थान प्ले–अफमार्फत टुंगो लगाइनेछ। घोषित समूहअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले अपेक्षाकृत सहज समूह पाएका छन् भने फ्रान्स भने कडा प्रतिस्पर्धी समूहमा परेको छ।

समूह विभाजन
समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, युरोपेली प्ले–अफ ‘डी’ विजेता
समूह ‘बी’: क्यानाडा, युरोपेली प्ले–अफ ‘ए’ विजेता, कतार, स्विट्जरल्यान्ड
समूह ‘सी’: ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
समूह ‘डी’: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले–अफ ‘सी’ विजेता
समूह ‘ई’: जर्मनी, क्युरासाउ, आइभरी कोस्ट, इक्वेडर
समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले–अफ ‘बी’ विजेता, ट्युनिसिया
समूह ‘जी’: बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह ‘एच’: स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह ‘आई’: फ्रान्स, सेनेगाल, फिफा प्ले–अफ–२ विजेता, नर्वे
समूह ‘जे’: अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह ‘के’: पोर्चुगल, फिफा प्ले–अफ–१ विजेता, उज्बेकिस्तान, कोलम्बिया
समूह ‘एल’: इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - ०९:५१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology