Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

images

इच्छाकामना न्युज

१९, मंसिर २०८२
एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
images

काठमाडौं । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ ।

६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।

विहीबारको खेलमा शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएर प्लेअफमा पुगेको छ । लगातार ६ खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्षस्थानमै रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भइसकेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८२ शुक्रवार - ०९:१५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology