काठमाडौं । स्रोत न नखुलेको रकम १८ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ वर्षीय दीपक केजरीवाल रहेका छन्।
काठमाडौं महानगरपालिका–६ तिनचुली स्थित एक घरमा कोठा भाडामा लिई बस्ने भारत देश तारानगर राजस्थान घर भएको ३८ वर्षीय दीपक केजरीवाल (भारतीय पासपोर्ट नम्बर Z66103854) को कोठा चेकजाँच गर्ने क्रममा १८ लाख स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ घर भई हाल आरुबारी बस्ने १९ वर्षीय दावा शेर्पा रहेका छन्। प्रहरीका अनुसार केजरीवालको कोठा चेकजाँच गर्ने क्रममा १८ लाख १६ हजार, मोबाइल फोन २ थान, चेक बुक २ थान बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।