Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज मलेशियासँग खेल्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज मलेशियासँग खेल्दै

इच्छाकामना न्युज

१३, मंसिर २०८२
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज मलेशियासँग खेल्दै
images

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेशियासँग खेल्दैछ । खेल अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजेदेखि शुरु हुनेछ ।

images
images

नेपाल समूह ‘ए’ को र मलेशिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई खेल जित्दै सेमिफाइनल पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

आजको खेल जिते नेपाल फाइनलमा पुग्नेछ । समूह ‘ए’ र ‘बी’ मा तीन÷तीन तथा समूह ‘सी र ‘डी’ मा चार÷चार गरी १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली र तेश्रो स्थानमा रहने टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछ ।

१९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल आउँदो सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - ०९:४१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology