Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकामा कोरोना महामारीका कारण परेको प्रभावलाई ध्यानमा राखि ल्याइएको राहत प्याकेज संसदबाट पारित 

अमेरिकामा कोरोना महामारीका कारण परेको प्रभावलाई ध्यानमा राखि ल्याइएको राहत प्याकेज संसदबाट पारित 

एजेन्सी

२३, फाल्गुण २०७७
अमेरिकामा कोरोना महामारीका कारण परेको प्रभावलाई ध्यानमा राखि ल्याइएको राहत प्याकेज संसदबाट पारित 

अमेरिकामा राष्ट्रपति जो बाइडेनले ल्याउनुभएको राहत प्याकेज संसदबाट पारित भएको छ ।कोरोना भाइरसको महामारीका कारण जीविकामै समस्या भोगिरहेका अमेरिकीका लागि सहयोग गर्ने उद्देश्यसहितराष्ट्रपति बाइडेनले ल्याउनुभएको झन्डै १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजसहितको विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भएको हो । सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि बाइडेनको राहत योजना पारित भएको हो ।

images

बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले आउँदो मंगलबार सो विधेयक पारित गर्ने सम्भावना छ ।चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने मार्गमा सिनेटबाट भएको विधेयक पारित प्रमुख फड्को रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको छ । अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ । हाल अमेरिकामा बेरोजगारी दर ६ दशमलव २ प्रतिशत छ । महामारी सुरु भएयता तेस्रो पटक अमेरिकी सरकारले प्रभावितका लागि राहत प्याकेज ल्याएको हो ।

यो चरणको राहत प्याकेजमा प्रभावित नागरिकलाई १४ सय डलर बराबरको चेक प्रदान गरिने छ । रिपब्लिकनहरुले बाइडेनको योजना निकै खर्चिलो रहेको भन्दै विरोध गरेका छन् । केही डेमोक्र्याटहरुले पनि प्याकेजका केही व्यवस्थामा विरोध जनाएका छन् । नयाँ योजना अनुसार आउँदो सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता समेत दिइने छ । सो भत्ता भने हप्ताको ४ सय डलरबाट घटाएर ३ सय डलर बनाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०९:०५:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology