Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बुंकोटमा निशुल्क दुई दिने स्वास्थ्य शिविर सम्पन्न

बुंकोटमा निशुल्क दुई दिने स्वास्थ्य शिविर सम्पन्न

इच्छाकामना न्युज

८, मंसिर २०८२
बुंकोटमा निशुल्क दुई दिने स्वास्थ्य शिविर सम्पन्न
images

बुंकोट । शहिद लखन गाउँपालिका–७ बुंकोटमा संचालित स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सर परीक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हाम्रो सहारा फाउण्डेशनको आयोजना र वडा कार्यालयको समन्वयमा शनिवारबाट सुरु भएको दुई दिने शिविरमा कुल ३ सय १६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

images
images

आइतवारमात्रै १ सय ६३ जनाको स्वास्थ्य परिक्षण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । जसमध्ये ८२ जनाले आँखा जाँच गराएका थिए । उनीहरुमध्ये ६ जनामा मोतियाविन्दु भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको छ । त्यस्तै स्तन क्यान्सर सम्बन्धी भिआइए परिक्षण गर्दा ६ जनामा क्यान्सरको जोखिम देखिएको छ ।

कुल ३८ जनाको भिआइए परीक्षण गरिएको थियो । शिविर अवधिभर स्वास्थ्य परीक्षण गराएकामध्ये १५ जना महिलामा पाठेघरको समस्या देखिएको छ । उनीहरुको गोरखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने बताइएको छ । शिविरको पहिलो दिन शनिवार १ सय ५६ जनाको स्वास्थ्य परीक्षण भएको थियो ।

५७ जना महिलाको स्तन क्यान्सर सम्बन्धि भिआइए परिक्षण गर्दा ६ जनामा क्यान्सरको जोखिम देखिएको थियो । त्यस्तै आँखा जाँच गराएका १ सय ४३ जनामध्ये पाँच जनामा मोतियाविन्दु देखिएको थियो ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०९:५३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology