Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अर्को विश्व कीर्तिमान राख्ने तयारीमा हरि बुढामगर

अर्को विश्व कीर्तिमान राख्ने तयारीमा हरि बुढामगर

images

इच्छाकामना न्युज

८, मंसिर २०८२
अर्को विश्व कीर्तिमान राख्ने तयारीमा हरि बुढामगर
images

काठमाडौँ । युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा छन् । विश्वका सात महादेशका अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियान अन्तर्गत उनी अब अन्तिम अन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट भिन्सन’ (४,८९२ मिटर) आरोहणको तयारीमा जुटिरहेका हुन् ।

डिसेम्बर अन्त्य वा जनवरी पहिलो सातासम्म शिखर चढ्ने उनको लक्ष्य छ । यो शिखर आरोहण गरेपछि उनी ‘सेभेन समिट’ पूरा गर्ने विश्वकै पहिलो ‘डबल–एबभ–नी एम्प्यूटी’ (घुँडा माथि दुबै खुट्टा नभएका) व्यक्ति बन्नेछन् ।

अपाङ्गताबारे जागरुकता जगाउन र आफूजस्ता अरुलाई पनि आफ्नै हिमाल चढ्ने सपना पूरा गर्न प्रेरित गर्न सेभेन समिट आरोहणको योजना बनाएको उनले खुलासा गरेका छन् ।

माउन्ट भिन्सन चढ्न अप्ठेरोमात्र होइन, निकै खर्चिलो पनि हुने भएकाले उनले एक पाउण्ड अभियान सुरु गरेका छन् । यो अभियानमा साथ दिन सबैमा मेरो अपिल समेत गरेका छन् ।

क्राउड फन्डिङमार्फत एक लाख पाउण्ड उठाउने उनको अभियानमा अहिलेसम्म झण्डै २० हजार पाउण्ड संकलन भएको जानकारी दिएका छन् ।

उनले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरिसकेका छन् । बुढामगरले १३ अगष्ट २०१९ मा युरोपस्थित मोन्ट ब्ल्यांक ४,८१० मि., ८ जनवरी, २०२० मा किलिमन्जारो ५,८९५ मि. अफ्रिका, १९ मे २०२३ मा माउन्ट एभरेष्ट ८,८४९ मि. एसिया, २८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली ६,१९४ मि., २२ फेब्रुअरी २०२५ मा एकोनकागुवा ६,९६१ मि. दक्षिण अमेरिका र १८ अक्टोबर २०२५ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड ४,८८४ मि. को सफल आरोहण गरेका हुन् ।

उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने घुँडा माथि दुबै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन् ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०८:५२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology