Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै, ओलीले घोषणा गर्ने

एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै, ओलीले घोषणा गर्ने

images

इच्छाकामना न्युज

५, मंसिर २०८२
एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै, ओलीले घोषणा गर्ने
images

काठमाडौं । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने भएको छ। माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपासपश्चात नेसनल भोलेन्टियर फोर्स घोषणा सभा गर्न लागिएको हो। 

आज बिहान ११ बजे प्रमुख अतिथि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो।  

राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेले जनाएको छ।

एनभिएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने एमाले नेता महेश बस्नेतले जानकारी दिए। एनभिएफमा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको छ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १०:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology