Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

५१ वर्षपछि हाइटी पुनः विश्वकपमा, ऐतिहासिक उपलब्धिले देशभर उत्साह

५१ वर्षपछि हाइटी पुनः विश्वकपमा, ऐतिहासिक उपलब्धिले देशभर उत्साह

एजेन्सी

५, मंसिर २०८२
५१ वर्षपछि हाइटी पुनः विश्वकपमा, ऐतिहासिक उपलब्धिले देशभर उत्साह
images

आर्थिक रूपमा कमजोर, राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपले निरन्तर क्षतविक्षत बनिरहेको क्यारिबियन मुलुक हाइटीले ५१ वर्षअघि हराएको इतिहास पुनः दोहोर्याउँदै फेरि विश्वकपमा स्थान बनाएको छ।

images
images

अभाव, संघर्ष र निराशाले भरिएको दैनिकीबीच पनि फुटबलप्रतिको अतुलनीय श्रद्धा र समर्पणले हाइटीलाई विश्वकपसम्म पुर्‍याएको छ। यही प्रेरणादायी कथाले आज विश्वभरका समर्थकहरूलाई रोमाञ्चित बनाइरहेको छ।

निकारागुवाविरुद्धको निर्णायक खेलमा २–० को जितसाथ हाइटीले विश्वकपको मुख्य चरणमा स्थान सुनिश्चित गर्‍यो। आर्थिक रूपमा सबल नभए पनि फुटबलप्रतिको एकाग्रता र लगनले देशलाई विश्वमञ्चसम्म पुर्‍याएको हाइटीबासीहरू बताउँछन्।

५१ वर्षपछि दोस्रोपटक विश्वकपमा पुगेको हाइटीले नयाँ पुस्तालाई ठूलो प्रेरणा दिएको समर्थकहरू बताउँछन्। फुटबलमा भविष्य देखिरहेका युवाहरू यो सफलताले झनै उत्साहित भएका छन्।

उता, छिमेकी पानामामा पनि खुशी छाएको छ। एल साल्भाडोरलाई हराउँदै पानामाले २०२६ को विश्वकपका लागि टिकट पक्का गरेको छ। योग्यता कायम भएपछि राजधानी पानामा सिटीमा समर्थकहरू सडकमा निस्किएर नाचगानसहित राष्ट्रिय टोलीको सफल यात्रालाई उत्सव मनाए।

पानामेली समर्थकहरूले पनि मुख्य चरणमा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै फेरि नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेका छन्। 

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - ०९:४७:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology