Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुई महिनापछि आज प्रतिनिधि सभा बैठक बस्ने

दुई महिनापछि आज प्रतिनिधि सभा बैठक बस्ने

पत्रपत्रिका

२३, फाल्गुण २०७७
दुई महिनापछि आज प्रतिनिधि सभा बैठक बस्ने
images

काठमाडौं, २३ फागुन । दुई महिनापछि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधिसभाको बैठक डाकेकी छन् ।गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

images
images

संसद् विघटन गरेको दुई महिना मात्र भएको भए तापनि संसद्को बैठक नबसेको नौ महिना भइसकेको छ । गत असार १८ गते सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श नै नगरी संसद्को बैठक स्थगित गरेको थियो ।

त्यसै गरी संसद्को बैठक नहुँदा सरकारले जारी गरेको अध्यादेशसमेत आजको बैठकमा पेस हुने भएको छ । सरकारले एसिडसम्बन्धी अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितको अध्यादेशहरू जारी गरेको थियो ।

नेकपा दुई समूहमा विभाजित भए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो नलगाउँदा त्यसको असर संसद् सचिवालयमा पनि परेको छ । त्यस्तै संसद्मा नेकपाका तर्फबाट बोल्ने नेताहरूको नामावली टुंगो लगाउन सभामुखलाई सकस परेको छ । शुक्रबार मात्र प्रचण्ड–नेपाल समूहको दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको पत्र संसद् सचिवाललाई बुझाएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०८:०२:५२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology