Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक सय २० दिनभित्र 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति

एक सय २० दिनभित्र 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति

इच्छाकामना न्युज

२६, कार्तिक २०८२
एक सय २० दिनभित्र 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति
images

काठमाडौँ। नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक 'ए' डिभिजन लिग अबको एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवालाहरू सहमत भएका छन्। लामो समयदेखि लिग आयोजनाको विषयमा देखिएको गतिरोध युवा तथा खेलकुद मन्त्रालयको पहलमा सिंहदरबारमा भएको छलफलबाट तोडिएको हो।

images
images

युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीहरूबीच भएको छलफलपछि चार महिनाभित्रै लिग गर्ने सहमति भएको छ। गत कात्तिक १७ गते एन्फा र क्लबहरूबीच आगामी वर्षको पुस ३ गते लिग गर्ने सहमति भएपछि यस वर्ष पनि लिग नहुने भन्दै गत बिहीबार खेलाडीहरूले आन्दोलन गरेका थिए।

एन्फाका सहायक महासचिव बद्री भट्टराईका अनुसार, खेलाडीहरूबाट पुसभित्र नै लिग गर्ने माग भए पनि क्लबलाई तयारीका लागि आवश्यक समयको मध्यनजर गर्दै अन्ततः १२० दिनभित्र लिग गर्ने सहमति भएको हो। एन्फा क्लब खेल्न तयार भएमा लिग गर्न तयार नै रहेको उनले बताएका छन्।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको बैठकमा १४ वटा क्लबमध्ये तीन विभागीयसहित पाँच वटा क्लब मात्र सहभागी भए। केही क्लबहरूले मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने र क्लब स्वतन्त्र रहेको भन्दै बैठकमा सहभागी भएनन्। १४ वटै क्लबको सहमति नभएकाले अहिले पनि केही अन्योलता रहे पनि मन्त्री गुप्ताले बाँकी क्लबसँग पनि छलफल गर्ने र उनीहरूलाई मनाउने बताएका छन्।

सहायक महासचिव भट्टराईले बाँकी क्लबहरूसँग पनि भोलि या पर्सीभित्र छलफलमा राखेर लिगको विषयमा टुङ्गो लगाउन मन्त्रालयले तयारी गरिरहेको उल्लेख गरे। उनले एन्फा बजेट नभएर लिगबाट पछि हटेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्दै सरोकारवाला पक्ष सबै एकजुट भएर अगाडि बढ्दा लिग सम्भव रहेको बताए।

यस छलफलमा मन्त्रालयले आवश्यक परेको ठाउँमा सहजीकरण गर्ने तथा लिगका क्रममा दशरथ रङ्गशालामा समस्या देखिएमा सहयोग गर्ने प्रतिबद्धता जनाएको एन्फाले जानकारी दिएको छ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १०:००:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology