Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना

आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना

images

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना
images

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा मौसममा केही परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ भने बाँकी पहाडी भूभागका एक(दुई स्थानमा पनि यस्तै अवस्था रहनेछ ।

यस मौसमी प्रणालीले जनजीवनमा केही प्रभाव पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । विशेषगरी यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई मौसमको जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:३५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology