चितवन । चितवनको इच्छाकामना गाउँपालिका-३ चुमखोलामा सुख्खा पहिरो खसेपछी पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज राती ९:०५ बजे सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको हो ।
पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो हटाउन सडक विभागसङ्ग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।