काठमाडौं । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि एक घण्टा कार्यालय समय घट्ने छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने सरकारले सार्वजनिक गरेको राजपत्रमा उल्लेख छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।
