Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

यूएई भ्रमणमा पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै

यूएई भ्रमणमा पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै

images

इच्छाकामना न्युज

१५, कार्तिक २०८२
यूएई भ्रमणमा पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै
images

आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा नेपालले आफ्नो १९औँ खेलमा अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल आज बिहान सवा ११ बजेदेखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुनेछ। 

 

जारी श्रृखंलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले सिरिजको पहिलो र दोस्रो खेलमा क्रमशः अमेरिका र घरेलु यूएईसँग हार बेहोर्‍यो । नेपालले अमेरिकाविरुद्ध १ सय ६ रन र तथा यूएईसँग ५ विकेटको हार बेहोरेको हो ।

नेपाली टिम शनिबारको खेलमा अमेरिकालाई हराएर उत्कृष्ट पुनरागमन गर्ने सोचमा छ । त्यसका लागि नेपालले सानदार अलराउन्ड प्रदर्शन गर्न अनिवार्य छ । यस श्रृंखलामा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै विधामा संघर्ष गरिरहेको छ ।

 

 

पहिलो खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो । उक्त खेलमा कुनै पनि नेपाली ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् । 

दोस्रो खेलमा यूएईविरुद्ध केही सुधारिएको ब्याटिङ गरे पनि नेपालले पर्याप्त रन बनाउन सकेन । यस खेलमा कप्तान रोहित पौडेलले शतकीय इनिङ खेले । उनले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रनको पारी खेलेका हुन् । ओडिआईमा रोहितको यो दोस्रो शतक हो । योसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतकीय इनिङ खेल्ने पहिलो ब्याटर बनेका छन् ।

दोस्रो म्याचमा यूएईविरुद्ध नेपालले बलिङमा राम्रो गर्न सकेन । यस खेलमा नेपालले बलिङतर्फ पावरप्लेमा निकै खराब प्रदर्शन गर्‍यो । नेपालले यूएईविरुद्ध सुरुवाती १० ओभरमा ३३ रन जोडेको थियो । जबकि यूएईका ब्याटरले एकै ओभरमा २२ रन बनाए ।

सोही कारण पनि दोस्रो खेलमा नेपाल सुरुवातदेखि नै दबाबमा पर्यो । नेपाली टिम तेस्रो खेलमा अघिल्लो दुई म्याचमा गरेको गल्तीमा सुधार गर्दै जित निकाल्न पूरा कोसिस गर्नेछ । 

हालसम्म अमेरिका र नेपाल १० वटा ओडिआईमा आमनेसामने भएका छन्, जसमा अमेरिकाले पाँच तथा नेपालले चार खेल जितेको इतिहास छ ।

शनिबार नेपाल अमेरिकाविरुद्ध जित दर्ता गरेर ‘हेड टु हेड’ नतिजा पनि बराबर गर्ने योजनामा छ । यद्यपि त्यो लक्ष्य हासिल गर्न लयमा नरहेको नेपाललाई सहज छैन । पछिल्लो समय ओडिआईमा अमेरिकाविरुद्ध नेपाल कमजोर देखिएको छ ।

अमेरिकासँगको अन्तिम पाँच ओडिआईमध्ये नेपालले एक खेल मात्र जितेको छ । सन् २०२३ यता अमेरिकाविरुद्ध नेपालले जित निकाल्न सकेको छैन । शनिबार नेपाल अमेरिकासँगको हार यात्रामा ब्रेक लगाउँदै लिग–२ मा महत्वपूर्ण दुई अंक जोड्न चाहन्छ ।

नेपाल अहिले १८ खेलबाट १२ अंकसहित तालिकाको सातौं स्थानमा छ । उता अमेरिका भने लिग–२ तालिकाको शीर्ष स्थानमा छ । उसले २२ खेलबाट ३२ अंक जोडेको छ ।

नेपाली टिम अमेरिकाविरुद्ध चुस्त रणनीति र उत्कृष्ट प्लेइङ–११ का साथ मैदान उत्रने तयारीमा छ ।  

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १०:२६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology