मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटार स्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तत्पश्चात सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सहायक प्रहरी निरिक्षक सोम बहादुर गुरुङको नेतृत्वमा ४ जनाको गोताखर टोली खटिई बिहान करिब ८ः४० बजेतिर नदीबाट शव निकालिएको छ ।
अनुहारको पहिचान खुल्न नसकिने अवस्थामा निकालिएको उक्त शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
