Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८२
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
images

काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतको सितामणिका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।

मल्ल हतियार खरिद गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । कृष्ण गुरुङ भने पेस्तोल लुटपाटमा संलग्न र अन्य तीन भने बिक्रीमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट प्रहरीले एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८२ शुक्रवार - १८:२२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology