गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा न ८ मा अवस्थित मुन्थला मन्दिरमा सदाको वर्षहरुझै यस वर्ष पनि मेला लाग्ने भएको छ । मेला यहि कार्तिक १८ गते साझदेखि १९ गते विहानसम्म लाग्ने आयोजक मुन्थला क्लबको अध्यक्ष विशाल गुरुङले इच्छाकामना न्यूजलाई बताए ।
सास्कृतिक साझँको आर्कषणहरुमा पन्चेवाजा सहितको फुलको डोलि, स्थानीय झाकि प्रर्दशन, स्थानीय उत्पादनको बिक्रिवितरण, गण्डकी गाउँपालिकाभित्रको नृत्य प्रतियोगिता, ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतिका साथै गण्डकी सास्कृतिक समाजको बेजोड प्रस्तुति रहने छ । प्रत्येक वर्ष मुन्थला मन्दिरमा मंसिर पूर्णिमा मेला लाग्ने गर्दछ ।
